राष्ट्रिय जनगणना 2025
जापान सरकारले 2025 साल अक्टोबर 1 तारिखको दिन देखि राष्ट्रिय जनगणना गर्नेछ।
राष्ट्रिय जनगणना प्रत्येक 5 वर्षमा गरिने सबैभन्दा महत्त्वपूर्ण तथ्याङ्कीय सर्वेक्षण हो।
राष्ट्रिय जनगणनाको नतिजा विदेशीहरूलाई बसोबास गर्न सहज हुने शहरहरू सिर्जना गर्ने नीति आदि कार्यान्वयन गर्न प्रयोग गरिन्छ।
जुनसुकै राष्ट्रियताको भए पनि, जापानमा 3 महिना वा सोभन्दा बढी समयदेखि बसोबास गरिरहेका वा 3 महिना वा सोभन्दा बढी समय जापानमा बस्ने योजनामा रहेका व्यक्तिहरू जनगणनाको दायरामा पर्दछन्। दायरामा पर्ने सबैलाई उत्तर दिने दायित्व हुने हुनाले अनिवार्य रूपमा उत्तर दिनुहोस्।
प्रदान गरिएको जानकारी केवल तथ्याङ्क सङ्कलनको लागि मात्र प्रयोग गरिनेछ र अध्यागमन नियन्त्रण वा प्रहरी अनुसन्धान जस्ता अन्य कुनै उद्देश्यका लागि प्रयोग गरिने छैन।
साथै तलका मध्ये कुनै पनि कुरा तपाईंमा लागू हुने भए कृपया राष्ट्रिय जनगणना सम्पर्क केन्द्रमा सम्पर्क गर्नुहोस्।
- तपाईंको घरमा, 3 महिना वा सोभन्दा बढी समयदेखि जापानमा बसोबास गरिरहेको वा 3 महिनाभन्दा बढी समयदेखि जापानमा बस्ने योजना भएको व्यक्ति नभएमा
- तपाईंको घरमा अलग्गै गृहस्थी गरेर बसेको व्यक्ति भएमा
- जब तपाईंको घरमा छुट्टै बसोबास गर्न सकिने ठाउँ रहेको र त्यसमा अरू कोही बसोबास गरिरहेको भएमा
राष्ट्रिय जनगणनामा उत्तर दिने तरिका
अनलाइन उत्तर
सेप्टेम्बर 20 तारिख (शनिबार) देखि अक्टोबर 8 तारिख (बुधबार) सम्म
कृपया यो सर्वेक्षणको अनलाइन मार्फत उत्तर दिनुहोस्। घरमा सर्वेक्षणका कागजातहरू प्राप्त गरेपछि, कृपया उत्तर दिने साइटमा गई, स्क्रिनमा दिइएका निर्देशनहरू अनुसार प्रश्नहरूको उत्तर दिनुहोस्।
उत्तर दिँदा, तपाईंलाई वितरण गरिएको "सर्वेक्षण कागजात खाम" भित्र "अनलाइन उत्तर अनुरोध फारम" को तल दायाँ कुनामा छापिएको "लगइन QR कोड" स्क्यान गर्नुहोस्।

- सर्वेक्षण कागजातहरू राख्ने खाम
- अनलाइन उत्तर अनुरोध फारम
लगइन QR कोड
"लगइन QR कोड" मार्फत राष्ट्रिय जनगणना अनलाइनमा गई, कृपया माथिल्लो दायाँ कुनामा रहेको "Language" बाट उत्तर दिनको लागि प्रयोग गर्न चाहेको भाषा चयन गर्नुहोस्। अनलाइन उत्तरहरू निम्न भाषाहरूमा दिन सकिन्छ:
जापानी,
अंग्रेजी,
चिनियाँ (सरलीकृत / परम्परागत),
कोरियन,
भियतनामी,
पोर्चुगिज,
स्पेनिश
यदि कम्प्युटर वा अन्य उपकरण प्रयोग गरेर QR कोड स्क्यान गर्न सक्नुहुन्न भने, कृपया तलको "उत्तर दिन सुरु गर्नुहोस्" मा क्लिक गर्नुहोस्। लगइन गर्दा, "अनलाइन उत्तर अनुरोध फारम" मा छापिएको "लगइन आईडी" र "एक्सेस की" चाहिन्छ।
उत्तर दिन सुरु गर्नुहोस् (अंग्रेजी)- तपाईंले उत्तर दिनुभएको जानकारीलाई कडा सुरक्षा उपायहरू अपनाएर सुरक्षित राखिने हुनाले तपाईं ढुक्क हुन सक्नुहुन्छ।
- उत्तर पठाई सकेपछि अक्टोबर 1 तारिख (बुधबार) सम्ममा यदि तपाईंको उत्तरमा घरपरिवारको सदस्यको जन्म वा बसाइसराइ जस्ता कुनै परिवर्तनहरू भएका छन् भने कृपया पुनः लगइन गरेर आवश्यकता अनुसार सच्याउनुहोस्। पुनः लगइन गर्न तपाईंलाई आफ्नो "लगइन आईडी" र तपाईंले आफै सेट गर्नुभएको "पासवर्ड" चाहिन्छ।
- अनलाइन उत्तर दिने घरपरिवारहरूले कागजी सर्वेक्षण फारम बुझाउनु पर्दैन। कृपया कागजी सर्वेक्षण फारममा केही पनि नभर्नुहोस् र अन्य उद्देश्यको लागि प्रयोग नहुने गरी यसलाई नष्ट गर्नुहोस्।
सर्वेक्षण फारम (कागजी) मार्फत उत्तर
अक्टोबर 1 तारिख (बुधबार) देखि अक्टोबर 8 तारिख (बुधबार) सम्म
यदि अनलाइन उत्तर दिन असमर्थ हुनुहुन्छ भने, कृपया कागजी सर्वेक्षण फारम बाट उत्तर दिनुहोस्।
यदि कागजी सर्वेक्षण फारम प्रयोग गरेर जवाफ दिँदै हुनुहुन्छ भने कृपया "सर्वेक्षण फारमको अनुवाद" र "सर्वेक्षण फारम भर्ने तरिकाको अनुवाद" हेर्नुहोस् र तपाईंलाई वितरण गरिएको "सर्वेक्षण कागजातहरू राख्ने खाम" मा भएको सर्वेक्षण फारम भर्नुहोस्।
भरिएको सर्वेक्षण फारामलाई तिहाइ भागमा पट्याएर "हुलाकबाट पठाउने खाम" मा राखी टिकट नटाँसीकनै अक्टोबर 8 तारिख (बुधबार) सम्ममा तपाईंको नजिकको हुलाक बक्समा पोस्ट गर्नुहोस्।
- यदि हुलाकबाट पठाउन समस्या भएमा, जनगणना कार्यकर्ता सर्वेक्षण फारम सङ्कलन गर्न आउने भएकोले कृपया तलको राष्ट्रिय जनगणना सम्पर्क केन्द्रमा सम्पर्क गर्नुहोस्
- एउटा कागजी सर्वेक्षण फारममा 4 जनासम्म भर्न सकिन्छ। 5 जनाभन्दा बढी व्यक्ति फाराममा भर्नुपर्ने छ भने, थप सर्वेक्षण फारमहरू वितरण गरिनेछ, त्यसैले कृपया तलको राष्ट्रिय जनगणना सम्पर्क केन्द्रमा सम्पर्क गर्नुहोस्।

कृपया अक्टोबर 8 तारिख (बुधबार) सम्ममा उत्तर दिनुहोस्।
अक्टोबर 8 तारिख (बुधबार) सम्ममा तपाईंको उत्तर प्राप्त नभएमा, उत्तर दिन सम्झाउनको लागि जनगणना कार्यकर्ता तपाईंलाई भेट्न आउनेछन्।
जनगणनामा भर्ने विषयवस्तु आदिको बारेमा कुनै प्रश्नहरू छन् भने कृपया राष्ट्रिय जनगणना सम्पर्क केन्द्रमा सम्पर्क गर्नुहोस्।
राष्ट्रिय जनगणना सम्पर्क केन्द्र
नेभिगेसन डायल :
0570-02-5901
IP फोन र प्रिपेड मोबाइल फोनहरूको लागि :
03-6628-2258
स्थापना अवधि: नोभेम्बर 7 तारिख (शुक्रबार) सम्म
सम्पर्क समय: बिहान 9:00 बजे देखि बेलुका 9:00 बजे सम्म
- अपरेटरहरूले जापानी भाषामा उत्तर दिनेछन्, तर दोभासे मार्फत तीन-तर्फी कल सम्भव छ। ।
- सेवा नि:शुल्क छ, तर फोन कलको शुल्क लाग्नेछ।
"QR कोड" DENSO WAVE कम्पनीको दर्ता गरिएको ट्रेडमार्क हो।